रिबन

एसिया कपमा पाकिस्तानले भारतलाई हरायो

काठमाडौं । एसिया कपको आजको खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको छ ।

दुबईमा भएको खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गरेको हो । भारतले दिएको १८२ रनको लक्ष्य पाकिस्तानले एक बल बाँकी रहँदै ५ विकेटको क्षतिमा भेटाएको हो ।

पाकिस्तानका लागि मोहम्हद रिजमानले सर्वाधिक ७१ रन बनाए । कप्तान बाबर अजम १४ रन बनाएर आउट हुँदा मोहम्द नवाजले विस्फोटक व्याटिङ गरे । उनले २० बलमा ४२ रन बनाए । भारतका लागि विराट कोहलीले सर्वाधिक ६० रन बनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *