भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशैभरिको मालपोत कार्यालयहरुलाई सहकारी संघ सस्थाहरुले अब सहकारी सदस्यहरुको धितो बन्धक राख्ने वा त्यस्तो धितो बन्धक रोक्का तथा फुकुवा गर्ने प्रयोजनका लागि भूमिसुधार तथा मालपोत कार्यालयमा अन्य कागजात तथा प्रमाणका अतिरिक्त COPOMIS प्रणालीमा समेत संस्थाको विवरण प्रविड्टी गरेको प्रमाण पेश गरे पश्चात मात्र आवश्यक कार्यवाही अघि बढाउन भनि मालपोत कार्यालयहरुलाई परिपत्र गरेको छ ।
सहकारी बिभागबाट संचालनमा रहेको सहकारी तथा गरिबी सम्बन्धी व्यबस्थापन सूचना प्रणाली (COPOMIS) COPOMIS नेपाल सरकारको पूर्ण लगानीमा आर्थिक बर्ष २०७१/७२ मा निर्माण गरिएको एक Web Based Software अर्थात Web Browser मार्फत चलाउने software हो जसले सहकारी क्षेत्रका स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मका सहकारी संघ/संस्थाको सूचना एवं तथ्याङ्क संकलन गर्ने, प्रशोधन गर्ने र प्रतिवेदन दिने काम गर्दछ । यस प्रणालीमा राज्यको निकै ठुलो लगानी भएको तर सहकारीहरुको निकै न्युन आबद्धता तथा तथ्यांक प्रविष्टीमा सुस्तता भइ रेहेको अवस्थामा अन्तर निकाय समन्वयबाट प्रणालिमा तथ्यांक प्रविष्टि गराउने तथा सहकारीमा सुशासन कायम गराउन पहल भएको देखिन्छ ।




