विश्व

इराकमा हिंसात्मक बन्दै प्रदर्शन : कम्तीमा १५ को ज्यान गयो, राष्ट्रपति भवन कब्जा

काठमाडौं । इराकमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ । धर्मगुरु मुक्तदबा अल-सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै सुरु भएको प्रदर्शन हिंसात्मक बनेको हो ।

बग्दादमा भएको प्रदर्शनका कारण त्यहाँ कम्तीमा १५ जनाको ज्यान गएको छ । तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका बीबीसीले जनाएको छ ।

शिया धर्मगुरु मुक्तदा अल-सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इराकमा जारी प्रदर्शनप्रति चिन्ता व्यक्त गरेका छन् । उनले हिंसा अन्त्यका लागि पहल गर्न र नागरिकलाई संयमता अपनाउन आग्रह समेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *