काठमाडौं।आगामी मंसिर ४ गते हुने प्रदेस सभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिले मातहतका निकायलाई उम्मेदवार सिफारिस गर्ने कार्यविधि र समयसीमा सहितको परिपत्र गरेको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले ७७ जिल्लामा उम्मेदवार सिफारिसको मापदण्ड,प्रक्रिया र समायसीमा समेत उल्लेख गरेर परिपत्र गरेका हुन । एक हप्ताको समयसीमा दिएर मातहतका निकायलाई उम्मेदवारको नाम सिफरिस गर्न कांग्रेसले परिपत्र गरेको हो ।
कांग्रेसले प्रदेस सभा सदस्यका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नामावाली भाद्र १४ गतेभित्र एक निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला कार्यसमितिमा र एकभन्दा बढी निर्वाचन क्षेत्रभएका जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा उम्मेदवारको नाम सिफारिस गर्नु पर्ने परिपत्र गरेकाे छ।
प्रदेससभा क्षेत्रीय कार्यसमिति र सो प्रदेशबाट चयन भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले प्रत्यक्ष तर्फ तीन जाना र समानुपातिक तर्फ १ महिलासहित ३ जना उम्मेदवारको नाम सहमति वा निर्वाचन प्रक्रियामार्फत नाम सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख गरेकाे छ ।
प्रदेश सभा क्षेत्रीय कार्यसमितिबाट यसरी सिफारिस भई आएका नाममा आफ्नो रायसमेत उल्लेख गरी प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति ले भाद्र १६ गतेभित्र जिल्ला कार्यसमितिमा पठाउनु पर्ने छ ।
एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति मार्फत र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रदेश सभा क्षेत्रीय कार्यसमिति मार्फत सिफारिस भई आएका उम्मेदवारको नाममा जिल्ला कार्यसमितिले आफ्नो राय समेत उल्लेख गरी भाद्र १८ गतेभित्र प्रदेश कार्यसमितिमा पाठाइसक्नु पर्नेछ ।
यसै गरी प्रतिनिधि सभा उम्मेदवारका लागि योग्यता पुगेका व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा बढीमा तीन जना र समानुपातिकतर्फको लागि समावेशी सिद्धान्तलाई समेत ध्यानमा राखी कम्तिमा एक महिला सहित बढीमा दुई जनाको नाम निर्णय गरी १६ गतेभित्र जिल्ला कार्यसमितिमा पठाउनु पर्नेछ ।
प्रतिनिधि सभा सदस्य पदको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नाम सिफारिस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, सो क्षेत्रभित्रका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले गर्ने छ । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला भित्र रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरुको संयुक्त बैठकबाट उम्मदवारकाे नाम सिफारिस हुनेछ ।सिफारिस गर्ने बैठकमा सहमती हुन सकेमा सहमतीबाट र सहमती हुन नसकेमा वहुमतबाट निर्णय गर्नु पर्नेछ ।
एक भन्दा वढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिबाट यसरी सिफारिस भई आएका नाममा आफ्नो राय समेत उल्लेख गरी जिल्ला कार्यसमितिले भाद्र १८ गतेभित्र प्रदेश कार्यसमितिमा पठाउनेछ ।
प्रदेश कार्यसमितिले प्राप्त नाममा आफ्नो राय समेत उल्लेख गरी भाद्र २० गतेभित्र केन्द्रमा पठाइसक्नु पर्ने परिपत्रमा उल्लेख छ ।








