समाचार

भोलीदेखि देशव्यापी अभियानमा जुट्दै कांग्रेस,यस्ता छन् अभियानका चार उद्देश्य

काठमाडौं।नेपाली कांग्रेसले भाद्र १० देखि वीपी जन्मजयन्ती भाद्र २४ सम्म पहिलो चरणको ‘जनताको साथमा कांग्रेस’ अभियान सुचारु गर्दैछ। देशभर सञ्चालन हुने अभियानको प्रारुप कांग्रेसले यस अघि नै सार्वजनिक गरिसकेको छ। अभियान लिएर ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि पुग्नेक्रम जारी छ। प्रदेशस सभा र प्रतिनिधिसभा निर्वाचनको सम्मुखमा सञ्चालन गर्न लागिएको अभियानलाई महत्वका साथ हेरिएको छ । तीन चरणमा सञ्चालन हुने अभियानका चार उद्देश्य रहेको कांग्रेसले जनाएको छ ।

यस्ता छन कांग्रेसले सार्वजनिक गरेको अभियानका चार उद्देश्य
१) मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने ।


२) जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने ।


३) कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने ।


४) निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *