काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ उन उनकी बहिनी किम यो जोङ देशको शक्तिशाली नेता बन्दैछिन् । जोङले हालै दक्षिण कोरियाका राष्ट्रपति योन सुक योललाई चुप लागेर सपना नदेख्न आग्रह गरेको विषय अहिले चर्चामा रहेको छ ।
जोङले योलको छविको लागि आफ्नो मुख बन्द राख्नु राम्रो हुने टिप्पणी गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । जोङले उत्तर कोरियालाई सम्मान गर्न दक्षिण कोरियाले आर्थिक सहयोग गर्न सक्छ भन्ने सोच्नु निकै मुर्खता हुने बताएकी छन् । जोङको छवि अहिले उत्तर कोरियामा उनका दाजुभन्दा शक्तिशाली नेताको रूपमा निर्माण भइरहेको विश्लेषण गरिएको छ ।
जोङ अहिले ३५ वर्षकी भइन् र उनी दाजु किमपछि देशको हाई प्रोफाइल नेता बनेकी छिन् । हालै एउटा नयाँ पुस्तक बाहिर आएको छ, जसमा उत्तर कोरियामा महिला शक्तिको नयाँ पुस्ताको उल्लेख छ । यसमा जोङलाई सबैभन्दा शक्तिशाली मानिएको छ । यो पुस्तक चुन शू जिनद्वारा लेखिएको हो । किम यो जोङ सन् २०१८ मा पहिलो पटक चर्चामा आएकी थिइन् । यो त्यो समय थियो जब किम जोङ उन दक्षिण कोरियासँग सम्बन्ध सुधार्ने दिशामा काम गरिरहेका थिए । त्यतिबेला उनलाई आफ्नो दाजुको लागि कूटनीतिज्ञको रूपमा काम गर्ने बहिनीको रूपमा वर्णन गरिएको थियो । चुनका अनुसार आज अवस्था यस्तो छ कि किम जोङ उनमा पूर्ण रूपमा निर्भर छन् ।
उनी नजिक मात्र छैनन्, दाजु किमसँग हरेक समस्यामा सल्लाह लिन आउने व्यक्ति बनेकी छिन् । चुनलाई सन् २०१८ मा तानाशाह किम जोङ उन र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा भेट भएको कुरा याद छ । त्यतिबेला किम यो जोङ हरेक अवसरमा दाजुसँगै थिइन् ।
२०१८ र २०१९ मा, जोङ एक राम्रो राजदूतको रूपमा उभिएकी थिइन् । त्यतिबेला जोङले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनलाई भेट्ने तयारी गरेकी थिइन् । बहिनीलाई उत्तर र दक्षिण कोरिया बीचको तनाव कम गर्ने श्रेय दिइयो । फेब्रुअरी २०१८ मा, जोङ दक्षिण कोरिया भ्रमण गर्ने उनको परिवारको पहिलो सदस्य थिइन ।
चुन भन्छन्, दक्षिण कोरियाका मानिसहरूले उनलाई मन पराउन थाले र उनीमाथि धेरै लेखहरू लेखिएका थिए । केही बेरमा सबै कुरा परिवर्तन भयो, जब जोङले दक्षिण कोरियालाई खुला धम्की दिइन् । सन् २०२० मा दाजु बिमारीपछि अब सत्ता योङको हातमा आउने खबर पनि आएको थियो । विज्ञहरूका अनुसार बहिनीमा भाइको जस्तै तानाशाही गुण रहेको छ । एक पटक उनले दक्षिण कोरियालाई ‘डरलाग्दो कुकुर’ पनि भनेका थिइन् ।
उत्तर कोरियाली मामिलाविज्ञ र वरिष्ठ व्याख्याता लियोनिद पेट्रोभ भन्छन्, जोङमा यति शक्ति छ कि उनी जुनसुकै बेला दाजु किमसँग भेट्न सक्छिन् र किममा बहिनीको प्रभाव सबैभन्दा बढी देखिएको छ । उनी सैन्य मामिलासँग सम्बन्धित छैनन्, तर सबै कुरामा उनी सचेत देखिएकी छन् । लियोनिदका अनुसार जोङ उत्तर कोरियाको यस्तो राजनीतिक व्यक्तित्व हुन्, जसले किमको छविलाई सार्वजनिक रूपमा सकारात्मक राख्न मद्दत गर्छ, विशेष गरी जब उनी विदेशी वा दक्षिण कोरियालीहरूसँग भेट्छन् ।
२६ सेप्टेम्बर १९८७ मा जन्मेकी योङ उत्तर कोरियाका पूर्व तानाशाह किम जोङ इलकी छोरी र देशका संस्थापक किम इल सुङकी कान्छी नातिनी हुन् । उनले स्विट्जरल्याण्डमा आफ्नो दाजुसँग अध्ययन गरेकी थिइन् । उनी अहिले उत्तर कोरियाको पोलिट ब्यूरोको सदस्य र साथै कोरियाको वर्कर्स पार्टी अफ कोरियाको प्रोपोन्जेडा विभागकी निर्देशक पनि हुन् ।




