न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा शुक्रवार कच्चा तेलको भाउ स्थिर रहेको भएपनि यो हप्ता यसको भाउ घटेको छ ।
सुदृढ अमेरिकी डलर र आर्थिक सुस्तीको भयबीच कच्चा तेलको माग घट्ने सक्ने अनुमानमा भाउ घटेको हो । लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजना शुक्रवार ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेलशून्य दशमलव ५१ प्रतिशतले घटेर ९६ डलर ७२ सेन्टमा आएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ४९ सेन्ट कम हो ।
न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्स इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ भने २७ सेन्टले बढेर ९० डलर ७७ सेन्टमा आएर बन्द भएको थियो । शुक्रवारसम्मको एक हप्तामा दुबै बेञ्चमार्कको भाउ १ दशमलव ५ प्रतिशतले घटेको छ ।
रिचमन्ड फेडरल रिजर्भका अध्यक्ष थोमस बार्किनले ब्याजदर वृद्धिको प्रभाव अर्थतन्त्रमा पर्ने भएकोले ब्याजदर वृद्धिलाई सन्तुलित बनाउनु पर्छ भन्ने अभिव्यक्ति दिएपछि शुक्रवार कच्चा तेलको भाउ केही क्षणका लागि ह्वात्तै बढेको थियो । तर अमेरिकी डलर पाँच हप्ताकै उच्च स्तरमा उक्लिएपछि डलरमा किनबेच हुने कच्चा तेलको भाउ वृद्धि सीमित भएको विश्लेषण गरिएको छ । डलर महँगो बन्दा गैर डलरबाहकका लागि कच्चा तेल महँगो हुन्छ र माग घट्छ ।
डिसेम्बर ५ देखि यूरोपेले रुसी तेलमा लगाएको प्रतिबन्ध कार्यान्वयनमा आउँदैछ । यस्तोमा यूरोपेली क्रेताहरुले रुसी तेलको विकल्प खोजिरहेको अवस्थामा आपूर्ति पुनः कसिलो हुन हो कि भन्ने चिन्ता बढ्न थालेको छ । यूरोपले समुद्री मार्ग भएर आउने दैनिक प्रतिब्यारेल १२ लाख ब्यारेल रुसी तेलको अन्य क्षेत्रबाट विकल्प खोज्नु पर्नेछ । यसले भने आगामी दिनमा कच्चा तेलको भाउलाई टेवा दिन सक्ने विश्लेषण गरिएको छ ।




