रिबन

महिला सीडीयो कस्तो हुँदो रहेछ भनेर मलाई हेर्न आउने पनि थिएः गोमादेवी चेम्जोङ, उपसचिव

जनजाति समुदायबाट राज्यको नीति निर्माणको तहसम्म पुगेर आफ्नो समुदायकै लागि गर्वको अनुभूति गराउन सफल उपसचिव गोमादेवी चेम्जोङ हाल गृह मन्त्रालयको सीमा तथा अध्यागमन प्रशासन शाखामा कार्यरत हुनुहुन्छ। पाँचथर जन्मनुभएकी उपसचिव चेम्जोङ कृषि पेशामा संलग्न रहेको परिवारबाट सङ्घर्ष गर्दै सो स्थानमा पुग्नुभएको हो।

मध्यमवर्गीय परिवार भएकोले  आर्थिक सामाजिक तथा शैक्षिक स्थिति भो सन्तोषजनक नै थियो उहाँको । विद्यालय तहको शिक्षा पाँचथरको सरकारी विद्यालयबाट र उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयबाट पूरा गर्नुभएकी चेम्जोङ अर्थशास्त्र विषयमा  स्नातकोत्तर गर्नुभएको छ। निजामती सेवामा १५ वर्षको काम गरी सक्नुभएको छ। प्रमुख जिल्ला अधिकारीको पदको रबाफ देखेपछि यो क्षेत्रमा आउने लालसा लागेको थियो उहाँमा। निरन्तर प्रयास गरेर क्षमता बढाउँदै गलेपछि अन्तत चेम्जोङ दुई पटकसम्म प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गर्नुभयो। यस क्षेत्रमा आएपछि सँगालेका अनुभवहरू उहाँकै शब्दमाः

सीड‍ीयोको रबाफले निजामती सेवामा 

म आफ्नो नागरिकता बनाउन जाँदा प्रमुख जिल्ला अधिकारीको कोठामा पस्दा जुन किसिमको वातावरण देखे त्यस पछि मनमा एक किसिमको खुलदुली भएको थियो। म पनि भविष्यमा यस्तै पदमा जागिर खान्छु भन्ने अभिलाषा जाग्यो।  गर्दा यस्तो मान्छे होइन्छ भनेर खोजीनीति गर्दै आफ्नो अध्ययन र क्षमता विकासमा जोड दिन थालेँ। विस्तारै पढाइको तह बढ्दै जाँदा साथीभाइमार्फत लोकसेवाको बारेमा जानकारी हुँदै गयो।  पढ्ने तरिका तथा सामाग्रीहरू खोज्न  सिके। सरकारले पनि समावेशी नीति अनुसरण गर्दै छ भन्ने विभिन्न छलफल कार्यक्रमहरूमा सुन्न पाइयो जसले गर्दा प्रतिस्पर्धा गर्न सजिलो हुन्छ जस्तो लागेर तयारी गर्ने कामलाई पनि निरन्तरता दिएको थिए। त्यतिबेलै नेपाल सरकार र युएनडीपीले संयुक्त रूपमा आयोजना गरेको  महिला सशक्तीकरण कार्यक्रममा अन्तर्गत लोकसेवा तयारी कक्षामा सहभागी हुने असर प्राप्त भयो र क्षमता अभिवृद्धि भयो।  जसले गर्दा निजामती सेवाको शाखा अधिकृतमा प्रवेश गर्न सफल भएँ।   प्रतिस्पर्धामा उत्रिएर आफैलाई अब्बल साबित गर्दै यो ठाउँमा पुग्न चुनौतिपूर्ण छ नै। मैले पनि  मैले शाखा अधिकृतमा लगातार ३ वर्ष जाँच दिएपछि शाखा अधिकृत भएँ। फेरि पनि वृत्तिविकासकै लागि मनमा जोस आयो। निरन्तर प्रयास गर्दै गएँ। पछि २०६९ मा खुला प्रतिस्पर्धाबाट उपसचिवमा नाम निकालेँ।

कानुन बुझ्ने मौका

निजामती सेवा हाम्रो परिवारमा म नै पहिलोपटक प्रवेश गरेको हो। हाम्रो परिवारको यस अघि केहीपनि आउनुभएको थिएन । मैले २०६३ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेपछि मेरो पहिलो पोस्टिङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  भयो। सेवा प्रवेश गरेको पहिलो चरणमै सरकारी जागिरको पहिलो अनुभव निकै ज्ञानवर्द्धक थियो। किनभने सो आयोगमा हुँदा मैले कानुनका बारेमा धेरै  नै बुझ्ने मौका पाएँ। सरकारी कामहरू कानून बमोजिम मात्र गर्नु पर्ने रहेछ। कानुन सम्मत काममा मात्र  सरोकार वर्गको जिज्ञासा मेटाउन सकिने वा उनीहरूको चित्त बुझाउन सकिँदो रहेछ भन्ने बुझेँ। सेवाग्राहीहरू कानुन बमोजिम गरिएका काममा  खुशी हुँदा रहेछन् भन्ने थाहा भयो। त्यसयता मैले हरेक काम गर्दन जनताको खुशीलाई पहिलो प्राथमिकतामा राखेर कानुन अनुरूपका काम गर्ने प्रयास गरिरहेकी छु।

लिम्बूसमुदायबाट पहिलो महिला सीडीयो

म जनजातिको लिम्बू समुदायबाट पहिलो महिला सीडीयो भएकी हुँ। मैले आफ्नो समुदायमै पहिलोपटक यो तहमा पुगेर सेवा दिन पाउँदा मेरो समुदायका महिलालाई समेत प्रेरणा मिलेको छ।   सीडीयोको पद, जिम्मेवारी र कार्यकक्ष देखेपछि मलाई यो क्षेत्रमा आउने रहर जागेको थियो। निरन्तर प्रयास गरेपछि सो रहर पनि पूरा भयो।  २०७४ सालमा ६ महिनासम्म भोजपुरमा रहेर सीडीयोको जिम्मेवारी पूरा गरेँ। त्यतिबेला स्थानीय तहको पहिलो निर्वाचन भएको थियो। हामीहरू शान्तिपूर्ण तवरले चुनाव गराउन सफल भयौँ। त्यसपछि म फेरि सिन्धुपाल्चोकको सीडीयो भएँ। मुलुक संघीयतामा जानु अघि र पछि सीडीयो हुँदा कार्य अनुभव पनि फरकफरक रहेका छन्। भोजपुरमा हुँदा स्थानीय तह थिएनन्। सेवाप्रवाह अलि झन्झटिलो र सुस्त गतिमा हुन्थ्यो भने संघीयतामा गएपछि सिन्धुपाल्चोकमा कार्यरत थिएँ। स्थानीय तहहरू गठन भएपछि काम गर्दा कार्यबोझ कम हुनुको साथै सेवाप्रवाह छरितो भएको अनुभव भएको छ।

हाम्रो समाजमा अझैपनि महिलाहरू उच्च तहमा पुग्नै सक्दैनन् भन्ने सोंच छ। जसको कारण महिलाहरू निर्णायक तहमा पुगेपनि जनताको विश्वास जित्न निकै कठिन हुँदो रहेछ। एक त महिलालाई सकेसम्म उच्च तहको जिम्मेवारी दिइँदैन। महिलाले आफ्नै क्षमताले सो स्थानमा पुगेपनि आफ्नो क्षमता प्रमाणित गर्न बारम्बार परीक्षा दिइरहनुपर्छ। अहिले पनि हाम्रो समाजमा सबभन्दा प्रमुख चुनौतीको नै महिलाहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु रहेको छ।

महिला सीडीयोलाई हेर्न आएकाहरू

म सीडीयो हुँदा महिला पनि सीडीयो हुन्छन् र भनेर मानिसहरू हेर्न आएका थिए। पुरुष मात्र सीडीयो हुन्छन् भन्ने समाजिक सोच थियो। महिला सीडीयो हुँदा कति जनताहरू त दङ्ग परेका थिए। कतिपय त महिला पनि सीडीयो हुन्छन् र भन्दै मैसँग प्रश्न गरी आफ्नो काम गराउनका लागि सहायक सीडीयो भएको कुर्सीतिर जान्थे। जबकी सहायक सीडीयो पुरुष हुन्थ्ये। हाम्रो समाजमा अझैपनि महिलाहरू उच्च तहमा पुग्नै सक्दैनन् भन्ने सोंच छ। जसको कारण महिलाहरू निर्णायक तहमा पुगेपनि जनताको विश्वास जित्न निकै कठिन हुँदो रहेछ। एक त महिलालाई सकेसम्म उच्च तहको जिम्मेवारी दिइँदैन। महिलाले आफ्नै क्षमताले सो स्थानमा पुगेपनि आफ्नो क्षमता प्रमाणित गर्न बारम्बार परीक्षा दिइरहनुपर्छ। अहिले पनि हाम्रो समाजमा सबभन्दा प्रमुख चुनौतीको नै महिलाहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु रहेको छ।

यस क्षेत्रमा आउने जो कोहीले पनि आफ्नो जिम्मेवारी र अधिकार साथै कर्तव्यलाई मनन गर्दै नैतिकवान् भई सेवाग्राहीको मन छुने गरी काम गरी  उनीहरूलाई खुशी बनाउनु पर्छ।   नजानेको कुरा आफू भन्दा सानो ठूलो जोसँग पनि सिक्न सक्ने क्षमता विकास गर्नु पनि उत्तिकै आवश्यक छ।

दुईपटक पुरस्कार

निजामती सेवा भित्रको हरेक काम समूहमा हुने हुँदा मैले यही ने काम गरे भनेर देखाउन मिल्दैन। यसको मूल्याङ्कन सेवाग्राहीले गरिरहेको हुन्छन्। व्यक्तिगत रुपमा आफैले आफूलाई मूल्याङ्कन गरि राम्रो वा उल्लेखनीय काम गरेको छु भनी भन्न त्यति मन लाग्दैन त्यसैले मेरो कार्यक्षेत्रका सेवाग्राहीलाई नै मूल्याङ्कन गर्न छोडेको छु। 

नेपाल सरकारबाट भने दुई पटक सम्मानित भएको छु।  इमानदार भएर सेवा गरेपछि प्रतिफल स्वरुप सम्मान र पुरस्कार पनि पाइँदो रहेछ। म पनि निजामती सेवा पुरस्कार  र प्रबल जनसेवा श्रीद्वारा विभूषित भएको छु। पुरस्कार पाएपछि काम प्रति अझै लगाव बढेको थियो भने कामप्रति जोस जाँगर आएको थियो। यसको साथै निजामती सेवामा प्रवेश गरेपछि विभिन्न अवसर पनि पाएको छु। कोरियामा जेन्डर एण्ड अफिसियल डिप्लोमेन्ट एसिस्टेन्टमा मास्टर्स गर्ने वैदेशिक छात्रवृतिको अवसर प्राप्त भएको थियो  साथै विभिन्न देश तथा विदेशमा क्षमता अभिवृद्धि सम्बन्धी तालीम प्राप्त गर्ने अवसर पाएको छु।

जसले गर्दा आफ्नो कार्यक्षेत्रमा काम गर्ने शैलीमा सुधार हुँदै गएको र सेवाग्राहीको इच्छा अनुरूप काम गर्दै आफ्नो वृत्ति विकास गर्दै अघि बढाएको छु। सहकर्मीहरू तथा सेवाग्राहीहरूबाट हालसम्म सकारात्मक सहयोग पाएको छु। माथिल्लो तहका पदाधिकारीबाट समेत नजानेको विषयमा सिकाउने, बाटो देखाउने र अनुभव सुनाएर सही वा गलतको बाटो पहिल्याउने तरिका समेत सिकाउनु भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *