कला/साहित्य

विदेश रोज्दा देशै रित्तो

पहाड र तराईका बस्ती फाँट छेउ
हिमगिरि पोखशीतल छाया छवि देऊ ।१।

लालुपाते फुलिराखून् लेकबेंसी माझ
लालीगुराँस खुलिराखून् वासन्तीको राज ।२।

जूनघाम रातदिन हाँसून् बारम्बार
स्वर्ण शिरोविन्दु शिरमा पैह्रून् आमाहार ।३।

छाती हाम्रो फराकिलो अग्लो सगरमाथा
भृकुटी र सीता सेतु अरनिको गाथा ।४।

चन्द्रसूर्य त्रिकोणका अस्ताउनै हुन्न
अग्रदूत सौम्य बुद्घ सुस्ताउनै हुन्न ।५।

खोलानाला बोकून् बेग चरी बोलून् गीत
विदेश रोज्दा देशै रित्तो जोडौँ मायाप्रीत ।६।
०……………………०…………………….०

पदम दाहाल,मादी न.पा.– ६, सङ्खुवासभा

हालःलोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *