समाचार

श्रीलंकाको बन्दरगाह पुग्यो चिनियाँ जहाज, भारतको आपत्ति

काठमाडौँ । भारतको आपत्तिका बाबजुद अनुसन्धानमा प्रयोग हुने चीनको एक जहाज श्रीलङ्काको हम्बानटोटा बन्दरगाह पुगेको छ ।

युवान वाङ ५ जहाजलाई श्रीलङ्काको पानीमा कुनै पनि अनुसन्धानको काम नगर्ने शर्तमा बन्दरगाहमा पार्क गर्ने अनुमति दिइएको बन्दरगाहका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भारतले यसअघि सो जहाज जासुसका लागि प्रयोग हुनसक्ने भन्दै आपत्ति जनाएको थियो । श्रीलङ्काको विदेश मन्त्रालयले सो जहाज बन्दरगाहमा २२ अगस्तसम्म रहने जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *