रिबन

प्रतिनिधिसभाको बैठक बस्दै, तीन विधेयक दफावार छलफलपछि पारित गरिने

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा तथ्याङ्क विधेयक दफावार छलफलका लागि सदनमा प्रस्तुत हुनेछ । आजै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ । यस्तै शपथसम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको सचिवालयले शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको उल्लेख गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *