काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ ।
भारतको भुवनेश्वरस्थित काालिङ्गा रंगशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले पराजित गरेसँगै नेपाल च्याम्पियससिपबाट बाहिरिएको हो ।
माल्दिभ्सले जितेको खण्डमा नेपालमा फाइनलमा जाने सम्भावना रहेको भएपनि भारतले जितेपछि भारत फाइनल प्रवेश गरेको हो । अगष्ट ५ मा हुने फाइनलमा भारत र बंगलादेशबिच प्रतिस्पर्धा हुने भएको छ ।
यसअघि मंगलबार दिउँसो भएको खेलमा नेपाल र बंगलादेशबीचको १–१ गोलको बराबरीमा सकिएको थियो ।




