काठमाडौं । नेपालले यू–२० साफ च्याम्पियनसिपमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
भारतको कालिंगा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको हो ।
नेपालका लागि कप्तान आयुष घलानले ५८ औं मिनेटमा पहिलो गोल गरे । कृतिषरत्न छुन्जुले ६५ औं मिनेटमा दोस्रो गोल गरे । मनग्य नकर्मीले ८४ औं मिनेटमा तेस्रो गोल गरे ।
जितपछि नेपालको दुई खेलबाट ६ अंक भएको छ । समान ६ अंक बटुलेको बंगलादेश दोस्रो स्थानमा छ ।




