काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ ।
पहिलो खेलमा नामिवियासँग पराजित भएको नेपालले बुधबार भएको खेलमा स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । मध्यम क्रममा बलर चम्किदा स्टकल्याण्डलाई १४४ रनमै रोक्न सफल भएको नेपाललृ निर्धारित लक्ष्य २५ दशमलव १ ओभरमै ५ विकेट गुमाएर भेटाएको हो ।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ७१ रन बनाए भने कुशल भुर्तेलले २७ रन बनाए । त्यस्तै रोहित पौडेलले ३४ रन बनाए ।
त्यसअघि स्कटल्याण्डलाई १४४ रनमै समेट्ने क्रममा कप्तान सन्दिप लामिछानेले २ विकेट लिएका थिए भन सोमपाल कामीले ३ विकेट लिए । त्यस्तै आदिल अस्लामले समेत ३ विकेट हात पारे ।




