विश्व

सबै युक्रेनीलाई रुसी नागरिकता दिने आदेशमा पुटिनको हस्ताक्षर

काठमाडौँ । रुसले अब सबै युक्रेनीलाई देशको नागरिकता दिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रुसी नागरिकता दिने आदेशमा हस्ताक्षर गरेका छन् ।

पुटिनले सबै युक्रेनी नागरिकलाई रुसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेका छन् ।

यो आदेश रूसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ ।

यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दाहरूलाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गरेका थिए।

यसअघि यो सरलीकरण युक्रेनको डोनेट्स्क र लुहान्स्कका जनतालाई मात्रै नागरिकता दिने सन्दर्भमा लागू भएको थियो ।

युक्रेनविरुद्ध युद्ध लड्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण लुहान्स्क र डोनेस्कलाई युक्रेनबाट स्वतन्त्र घोषणा गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *