रिबन

व्याटिङ नचल्दा नामिवियासँग नेपाल पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नामिबियासँग नेपाल ४० रनले पराजित भएको छ ।

स्कटल्यान्डमा नामिबियाले दिएको २२१ रनको पछ्याएको नेपाल ४६ दशमलव ५ ओभरमा १८० रनमा अलआउट भएको हो ।

नेपालका लागि आरिफ शेखले ८४ बलमा नटआउट ५० रन जोडे । ओपनरद्वय कुशल भुर्तेल २७ रन र आसिफ शेख १४ रनमा आउट भए । देव खनालले ३४ रन बनाउँदा रोहित पौडेल शून्यमा आउट भए । दीपेन्द्रसिंह ऐरी ४ रन, सोमपाल कामी र आदिल अन्सारी १०–१० रनमा आउट भए।

करण केसीले १९ रन जोड्दा एकदीवसिय अन्तर्राष्ट्रियमा डेव्यू गरेका बासिर अहमेद ३ रनमा रनआउट भए । कप्तान सन्दीप लामिछाने शून्य रनमा आउट भए।

७ देश सम्मिलित लिग–२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ । २१ खेलबाट ३० अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन् । आजको जितपछि नामिबिया नेपालभन्दा अगाडि पुगेको छ । १७ खेलबाट १५ अंक जोडेको नेपाल छैटौं स्थानमा झरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *