काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल भ्रमणमा रहेका चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसँग लिउ जियानचाओसँग भेटवार्ता गरेका छन् ।
भेटवार्ताका लागि सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली प्रचण्ड निवास खुमलटार पुगेको हो । चीनिया प्रतिनिधिमण्डलसँग अध्यक्ष प्रचण्डले एक्लै समेत छलफल गरे । त्यसबाहेक नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भुसाल लगाएत पनि भेटवार्तामा सहभागी थिए ।
भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले नेपाल एक चीन नीतिप्रति अडिग रहेको भन्दै नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताए । नेपालको विकासमा सहयोग गर्न आग्रह गरेका प्रचण्डलाई विदेश विभाग प्रमुख लिउले भने विआरआई परियोजानअन्तर्गत ठोस योजना ल्याउन आग्रह गरेका छन् ।
त्यसबाहेक उनले बामपन्थी शक्तिका बिचमा सहकार्य र एकतामा समेत जोड दिएको बताइएको छ । जवाफमा अध्यक्ष प्रचण्डले आफुले प्रयास गरिरहेको बताएको दाबी गरिएको छ ।



