काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन–४ जारी गरेका छन् ।
अध्यक्ष ओलीले सचिवालय र केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा स्थानीय तहको निर्वाचनको समिक्षासहित आगामी निर्वाचनमा खेल्नुपर्ने भूमिकालाई बुँदागत रुपमा समेटेर निर्देशन जारी गरेका हुन् ।
एमाले विरुद्धको चौतर्फी घेराबन्दी, सत्तापक्षीय पाँच दलको गठबन्धनसँगै महागठबन्धनका बाबजुत र राज्यसत्ताको चरम दुरुपयोगका बिचमा मुलुकको सर्वाधिक लोकप्रिय र जनाधारयुक्त पार्टीका रुपमा स्थापित हुनु महत्वपूर्ण सफलता भएको ओलीले जारी गरेको अपानिमा भनिएको छ ।
स्थानीय तहको चुनावमा महागठबन्धन बनाएर एमालेलाई एक्लो बनाउने प्रयास भएको समेत ओलीले निष्कर्ष निकालेका छन् । ‘निर्वाचनमा काङ्ग्रेसले आफू बलियो भएको पालिका १३५ मा एक्लै लड्ने, एमालेसँग आफू प्रतिस्पर्धी रहेको पालिका ९३०७० मा आफूलाई सहज हुने एक या एकभन्दा बढी दलसँग आंशिक गठबन्धन बनाउने र नेकपा ९एमाले० बलियो भएका ३११ पालिकामा एमालेबाहेकका सबै दलको पूर्ण या ‘महागठबन्धन’ गर्यो ।’ ओलीले जारी गरेको अपानीमा भनिएको छ ।
कांग्रेसले जितेका कुल विजयी सिटमध्ये २० प्रतिशतमात्रै एक्लै प्रतिस्पर्धाबाट हासिल गरेको निष्कर्ष एमालेले निकालेको छ । काङ्ग्रेसले गठबन्धनबाट अधिकतम लाभ लिन सफल भएको अपानीमा बताइएको छ ।
‘गठबन्धनका अरु दलहरुलाई कुनै पनि हालतमा एमालेसँग तालमेल हुन नदिने नीति लिएको काङ्ग्रेसले कतिपय ठाउँमा एमालेसँग पनि तालमेल गर्न अग्रसर भयो । सारमा, काङ्ग्रेस जसरी पनि आफूले जित्ने कुरामा केन्द्रित भयो ।’ ओलीले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ ।



