रिबन

मुख्य समाचार : नागरिकता विधेयक चालू अधिवेशनबाटै पारित गराउने सरकारको तयारी, गठबन्धन कायमै राख्ने प्रतिवद्धता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा लिउले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा लिउले नेपालमा जुन पार्टीको सरकार भए पनि चीन मिलेर काम गर्न चाहेको बताएका छन् ।

गृहमन्त्री बालकृष्ण खाण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग छलफल गरेका छन् ।

नेपाली कांग्रेसको पदाधिकारी बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई स्वीकृत गरेको छ । आज बसेको पदाधिकारी बैठकले विधान स्वीकृत गरेर सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको हो । बैठकले आदिवासी जनजाति महासंघ, थारू संघलाई भ्रातृ संस्थाको मान्यता दिँदै विधानलाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

चर्को आलोचनापछि गण्डकी प्रदेशका मुख्यमन्त्रीले आफन्तका नाममा खडा भएका कोषमा विनियोजीत बजेट प्रदेशको प्राथमिकताअनुसार खर्च गर्न निर्देशन दिएका छन् । प्रेस संयोजक भरत कोइरालाले जारी गरेको विज्ञप्तीअनुसार आफन्तका नाममा खोलिएका संघ संस्थाहरुका लागि विनियोजित रकम प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन निर्देशन दिएको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा श्रीलंकाको अवस्थामा पुग्ने बताएका छन् । फेसबुकमार्फत नेता श्रेष्ठले अहिले नै नेपाल श्रीलंकाको अवस्थामा पुगिनसकेको भए पनि कुनै पनि बेला श्रीलंकाको जस्तो अबस्था आउने दाबी गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन् । मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धि रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डो¥याउन आजको आवश्यकता भएको उनको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा कुटाकुट भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको हो ।

आर्थिक वर्ष २०७८÷७९ को खर्चअन्तर्गत हिजो (शनिबार) एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ । हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ । प्रायः शनिबार सरकारी भुक्तानी हुँदैन । तर, हिजो महालेखा नियन्त्रकले भुक्तानी दिनू भनेर सूचना निकालेपछि सो रकम भुक्तानी भएको हो ।

श्रीलङ्काका सेना प्रमुख शवेन्द्र सिल्भाले शान्ति कायम राख्न आग्रह गरेका छन् । हजारौं प्रदर्शनकारीले हिजो (शनिबार) राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका थिए भने प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा आगो लगाएका थिए ।

आर्थिक मन्दीको सामना गरिएको श्रीलंकाले केही महिनादेखि सबैको ध्यान तानिरहेको छ । गहिरो आर्थिक संकटले खाद्यान्न, औषधि र इन्धनको आयातको लागि रकम तिर्न संघर्ष गरिरहेका श्रीलंकाली जनता अति भएपछि अन्ततः सडकमा ओर्लेका हुन् । शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेले संसद्का सभामुखलाई आफूले अर्को साता राजीनामा दिने बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *