काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा लिउले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा लिउले नेपालमा जुन पार्टीको सरकार भए पनि चीन मिलेर काम गर्न चाहेको बताएका छन् ।
लिउले पार्टीगत रुपमा नभएर नेपालमा सबभन्दा पहिले कांग्रेससँग सम्बन्ध स्थापित गरेको समेत भेटमा बताए । उनले देउवासँग नेपाल वा कुनै पनि देशसँगको चीनको सम्बन्ध विचारधाराद्वारा निर्देशित नहुने समेत बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।



