रिबन

श्रीलंकाका राष्ट्रपति राजापाक्षले जुलाई १३ मा राजीनामा दिने

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले राजीनामा दिने भएका छन् । प्रदर्शनकारीले घर कब्जामा लिएपछि गए राति राष्ट्रपति राजापाक्षले राजीनामा दिने बताएका हुन् ।

उनी जुलाई १३ मा राजीनामा दिन सहमत भएको सभामुख महिन्दा यापा अभयवर्धनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफू राजीनामा दिन तयार रहेको बताएका छन् । शनिबार बेलुकी आकस्मिक बैठक बोलाएर उनले जनताको सुरक्षाका लागि आफू राजीनामा दिन तयार रहेको बताएका हुन् । शनिबार हजारौंको सहभागीमा भएको प्रदशर्नले राष्ट्रपतिको निवास कब्जामा लिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *