फुलै वौलिएको नझर्ने कहाँँ छ ?
गुणी, भद्र, धर्मी नमर्ने कहाँ छ ?
निधै फुल्छ जैल्यै जवानी फुलैको
यहीँ हौँ सधैँ नै छ चाहा सबैको ।१।
हुँदै हुन्न खाली धरा त्यो धरौटी
सधैँ बाँच्न पाऊँ सबैको चुनौती
कमायौ जमायौ नमर्ने कहाँ छौै ?
फलै पुष्टकारी नझर्ने कहाँ छौ ? ।२।
सुसम्पन्न सोखी सुगन्धी रुमानी
नबँच्ने छ साँचो कथा जिन्दगानी ।
फुलै हाँसिराख्ने नझर्ने कहाँ छ ?
सुरो मानवै रे ! नमर्ने कहाँ छ ? ।३।
न छोड्दो छ कालो करालो छ काल
चुँडी टिप्छ जैल्यै टिपी पार्छ हाल ।
सधैँ सृष्टिभर्ता नियन्ता छ को हो ?
र टुङ्गिन्छ यात्रा धराधामको यो ।४।
न लान्छन् कसैले उचालेर केही
न जाँदा छ साथी प्रिया प्रेय कोही !
बनाएर नाङ्गै फुकालिन्छ सारा
कहाँ जान्छ मान्छे ? न दैवी सहारा !
०……………….०…….………….०.
मादी न.पा.– ६,सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर




