काठमाडौं। पानीको बहाब बढेसँगै तीन वटा नगरपालिकाका प्रमुखले मनोहरा कटान क्षेत्रको स्थलगत निरिक्षण गरेका छन ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री,कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की र मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले संयुक्त रुपमा मनोहरा कटान क्षेत्रको मंगलबार स्थलगत निरिक्षण गरेका हुन । चाँगुनारायणका मेयर जीवन खत्रीको संयोजनमा तीन वटै नगरपालिकाका प्रमुखहरु एकसाथ स्थलगत निरिक्षण र छलफलमा जुटेका हुन ।
स्थलगत निरिक्षणमा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाई, कागेश्वरी मनोहराका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत चुणामणि पन्थी,जनप्रतिनिधिहरु, प्राविधिक, स्थानीय प्रशासन र सरोकारवाल पक्ष समेत सहभागी थिए ।
स्थलगत निरिक्षणपछि मनोहरा खोलालो धार फेर्ने जोखिमपूर्ण स्थानहरुमा सरसफाई गरि बीचबाट खोलालाई बगाएर अल्पकालिन रुपमा कटान तथा जोखिम नियन्त्रण गर्ने निचोडमा पुगेका छन । मनोहरा खोलाको तटवन्धन सहित दिगो व्यवस्थापनका लागि तत्तकाल संयुक्त रुपमा अवस्यक पलह गर्ने प्रतिवद्धता समेत जनाएका छन ।
मनसुन सक्रिय भएसँगै मनोहरा खोलामा पानीको बहाव अत्याधिक बढेको छ । खोलको बहावले कागेश्वरी मनोहरा, चाँगुनारायण र मध्यपुर थिमिका कतिपय स्थानमा खोलाले धार परिवर्तन गरेर खेतियोग्य जमिन र बस्तितर्फ मोडिने खतरा बढेको छ ।





