१,
मलामी कुर्दा
रित्तो पैताला दौडिन्छ
लास बोकेको
निहुँरिएको यात्रा
लास मात्रै सम्झेर ।
२,
शुन्य दिमाग
आवाज पनि शुन्य
मृत्यु उत्सब
रूँदै हिँडेका खुट्टा
मुर्दाघर चर्किदा ।
४,
मनै कल्पिने
हरियो दृश्य देख्दा
साँझ परेको
मात्तिएको यो मन
थाम्नै नसक्ने बैँस ।
५,
पर्खी बसेँ म
समय बिते पनि
आशा नमारी
एक्लो बस्न सकिनँ
खोजेको भेट्टाइनँ।
६,
आँखा जुधेको
हिजोजस्तो लागेको
हिँडेको बाटो
जिस्किँदै यताउता
फरक अनुहार ।




