राजनीति

बजेटअघि नै ल्याएको भन्दै एमालेले रातो किताब च्याचेपछि पोखराको नगरसभा बहिष्कार

काठमाडौं । पोखरा महानगरले शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँदै छ । सभागृहमा केहीबेरअघि सुरु भएको सभामा एमालेका सदस्यहरुले विरोध गरे ।
४ बजे बैठक सुरु भएपछि एमाले उठेर विरोध जनाएको थियो ।

दलको नेता राधिका शाहीले रातो किताब बजेट अघि नै आएको बिरोध जनाइन् । त्यसपछि नाराबाजी सुरु भयो । ञबजेट निर्माणमा हामीसँग छलफल र समन्वय भएको छैन, उनले भनिन्, रातो किताब कसरी आयो आजै ।

उनले बैठक चल्न नदिने बताएपछि स्थगित भएको छ । मेयर धनराज आचार्यले भने रातो किताब नभई ड्राफ्ट मात्र बनाएको बताए । ञयो रातो किताब हैन, ड्राफ्ट हो । छलफल पछि मात्र पास हुन्छ,उनले भने ।

शाहीले रातो किताब च्यातिदिएकी छिन् । अहिले सभागृह अगाडि नाराबाजी चलिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *