संसद

आज संसद्मा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले आज जवाफ दिने छन् ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने संभावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
मध्यरातमा अर्थमन्त्रीले करदरमा हेरफेर गरेको विषयमा संसद्मा प्रश्न उठेको छ । विपक्षी दलहरुले अर्थमन्त्रीको जवाफ माग गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *