१,
मायाको चिनो
छातीमा टाँसी राखेँ
पोल्यो बेसरी १
२,
आफन्त सम्झी
नाता गाँस्न खोजेको
मन नै रोयो १
३,
रात परेछ
आँखा चिम्लन खोज्दा
डरको पोको १
४,
तिम्रो सम्झना
आँखामै टाँसिदिन्छ
दोषी नजर १
५,,
लाज मानेर
आँखा छोपी बसेको
पछि परेछु ।
६,
लाजको पोको
एकत्रित गरेर
हिंडे्छु बोक्दै ।




