ताजा समाचार

प्रतिनिधिसभा अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौ । प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । सभामुख अग्नि सापकोटाले बिहान साढे १० बजे परामर्श समितिको बैठक बोलाएका हुन् । त्यसपछि प्रतिनिधिसभा बैठक बस्नेछ ।

आजको प्रतिनिधिसभा बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *