काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेको छ ।
प्रदेश प्रमुख देवराज जोशीले आइतबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा कृषिलाई बढि महत्व दिइएको छ । प्रदेश सरकार कृषकको अभिभावक बन्ने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
‘किसान हुनुमा मलाई गर्व छ’ देखि ‘गोठदेखि ओठसम्म गुणस्तरीय दूध’ नारासहित कृषिलाई बढि प्राथमिकता दिइएको छ ।




