विचार

एउटा अर्काे घाेचक कथा-याे समाजले यसरी पिडा दिन्छ !

पत्रकारिता पढाइरहँदा सरले एकपटक भन्नुभएको थियो, ”Anyone can be news at anytime”. आज पत्रकारिता गर्दा गर्दै आफैं समाचार बन्ने दिन पनि आयो । यद्यपी, यो कुनै गर्व गर्नुपर्ने विषय होइन । तर, समाचार बन्दै गर्दा ठाउँमा बोल्यो भने समस्याले सामाधानको बाटो पक्रने रहेछ भन्ने पाठ भने सिकें । पछिल्लो ब्लग प्रकाशन भएपछि धेरैजनाको प्रश्न थियो, “तीन वर्षसम्म किन सहेर बसेको ?” खासमा म पहिलोपटक साइबर ब्यूरोमा उजुरी गर्न पुगेको सन् २०१९ मै हो । त्यतिबेलै हतोत्साहित भएपछि मैले व्यक्तिगत रुपमा इग्नोर गर्दै आएँ, कति समस्या आफैंले भेटेर छलफल गरेर टुंगोमा पुग्न सकिएला भनेर त्यो पनि प्रयास गरें । तर, सबै व्यर्थ भए । पछिल्लो समय म कार्यरत संस्थामै तिक्तता साँध्न थालेपछि र व्यवसायिक रुपमै मलाई दखल पुर्याउन थालेपछि सञ्चारगृहको नियामक निकाय प्रेस काउन्सील नेपालले पत्र काटेपछिमात्रै ब्यूरो उजुरी लिन तयार भएको हो । आफ्नै अफिसका पूर्व सम्पादक कला अनुरागीले म नेपालवाच रहुन्जेल माधव गुरागाईंले समाचार लेख्न नछोड्ने अफिसका केही सहकर्मीसँग बताइसकेका थिए । पछि उनको व्यक्तिगत तिक्तताका समाचार(जुन पत्रकारिताकाे मर्यादाभित्र पर्दैन) गुरागाईंकै पोर्टलमा तथानाम रुपमा छापिन थालेपछि ममाथिको याताना थपिएको हो । उनैले म नेपालवाच रहुन्जेल समाचार छापिने सूचना पाउनु र उनका तिक्तताका समाचार सोही अनलाइनमा छापिनुका कारण के होलान् यो कुरा उनै जानून् । समस्या सुनिदिने मात्रै होइन, लडाइमा सँगै हिँड्नेहरुको साथ थप अर्थपूर्ण हुने रहेछ । सुरुवाती दिनदेखि सुन्नेमात्रै भन्दा पनि तिम्रो लडाइमा म पनि सँगै लड्छु भनेर साथ दिने नेपालवाच परिवार, Madhab Basnet , Shilpa Karna लाई धन्यवादबाट सायदै यो मूल्य चुकाउन सक्छु । योसँगै याे यात्रामा साथ सँगसँगै यी विषयमा बोल्नुपर्छ भनेर झक्झक्याउने Sagar Budhathoki , Subash Samyak प्रति पनि आभारी छु । नजिकका साथीभाइ र प्रहरी प्रशासनलाई यो समस्याबारे बुझाउन नसकेरै हैरान खाइसकेकी थिएँ । ब्लग छापिएपछि आएका प्रतिक्रिया मैले कल्पनासमेत पनि गरेकी थिइनँ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *