काठमाडौं । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक रात्री बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना भएको छ । लु.२.ख ३८४१ नम्बरको रात्री बस आइतबार बिहान भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खसेर सो दूर्घटना भएको हो । दूर्घटनामा परी ९ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी यात्रु घाइते भएका छन् ।
उनीहरुको उद्धार गरी उपचारका लागि बिभिन्न अस्पतालमा पु¥याइएको छ । दुर्घटनाबारे विस्तृत विवरण अझै आइसकेको छैन ।




