१.
चाहना ठूलो थियो सँगैं बाँच्ने सँगैं मर्ने
नक्कली थाहा हुँदा टुक्राटुक्रा भयो मन
विश्वास जितेर मात्र मनोइच्छा जितिन्छ ।
२.
समय पर्खिबसे साँझपख मन रोयो
बुझाए आफ्नै मन कसोगरी चित्त दुख्यो
दुखित अनुहारले खोजिएछ सान्त्वना ।
३.
रुखमा चढ्दै जाँदा फेद काट्ने तिम्रो बानी
स्वार्थले भरिएको तिम्रो मन पापी ठाने
समय बित्न थालेको रुवाबासी चलेछ ।
४.
भाग्यले साथ दिँदा सफलता मिल्दै जान्छ
बुझेर खुसीलाई अँगालोमा बेर्नुपर्छ
सम्झेर कर्तव्यबोध भइँदैन निराश ।
५.
विद्रोही हुनुपर्छ अन्यायमा आफू पर्दा
सानले बाँच्नैपर्छ हटाउँदै थुप्रो जति
बचेर आफू उभिँदा मृत्यु पनि तर्सिन्छ ।
६,
मान्छेको घमण्ड छ आजभोलि देखिन्छ नै
रङ्गिन सपनाको माला गुथी बाँचेका छौ
सदैब भाग्यले साथ काहाँ दिन्छ हेर त !




