जेष्ठ उन्नाइस गते दशमी तिथि अन्ठाउन्न सालमा,
बज्रपात पर्यो त्यो इतिहासको पातामा ।
अकल्पनीय घट्यो घटना राजाको परिवारमा ।
बग्यो रगतको खोला नारायणहिटी दरवारमा,
अर्धचन्द्र थियो आकाशमा बादल मडारिएको थियो,
परिवारको भेटघाट थियो दरवारमा गोलीको पर्रा छुट्यो ।
घटना कसरी घट्यो घट्यो दुर्घटनै भयो,
जे भयो त्यो रात सारा स्तब्ध अमूक भयो ।
ड्ढयाम ढुम्म भयो फेरि गोली पररर चल्यो,
दशै शरीरको भयो अन्त्य नेपालीको सातो गयो ।
हे राजा के भयो तिम्रो सारा कुलै विनासिन भयो ।
रच्यो कस्ले घटना यस्तो घट्यो तिम्रै कुलमै घट्यो ।
जवाफ दिने कसले ? के हो सत्य ? जनता अचम्मित भयो,
इतिहास निस्तब्ध अन्धकार भयो मार्यो कस्ले?गर्भमै रह्यो ।
जे भयो नेपालमा त्यो अनर्थै भयो, मरे सबै मरे थाहै भयो,
भए समाप्त दशै ब्यक्ति सम्झना मात्र रहिरह्यो ।
शान्तिका हिमायती तिमीले विश्वशान्ति माग गर्यौ,
शान्ति क्षेत्र घोषणा गर्यौ आफै अशान्तमा पर्यौ।
राजा वीरेन्द्र तिमीले के गरेनौ देशलाई जे पनि गर्यौ,
तिमी आफैँ भन मुलुकमा के गरेनौ सबै गर्यौ,
जे गर्यौ तिमीले जनताकै लागि बहुदल नै दिइदियौ ।
पञ्चायती पद्धति खुकुलो गर्यौ शान्तिको खोजी गर्यौ,
मानेन समाज भनी मुलुकमा जनमत सङ्ग्रह गर्यौ ।
असन्तुष्ट जनमत सङ्ग्रह भयो अझै अशान्ति भयो,
नेपालीको भावना अनुकूल बहुदल नै प्रदान गर्यौ ।
जनतालाई स्वाभिमानी बनायौ ठूलो काम गर्यौ ।
सार्वभौम जनता बनायौ त्यो सबै तिमीले गर्यौ
संवैधानिक भई बस्यौ मुलुकमा बहुदलीय भावना भर्यौ ।
श्रद्धासुमन टक्राउँछु राजा तिमीलाई म शुभचिन्तक बनी,
श्रद्धेय स्वर्गवासीहरूमा म अर्पन्छु श्रद्धान्जली ।
चीरशान्ति दिऊँन् ईश्वरले दिवङ्गत आत्मामा बसी,
शान्तिको पथमा जान आग्रह गर्छु
म कृष्ण के.सी.




