संसद

गगनकाे प्रस्ताव- देशलाई डिजेल, पेट्राेल र एलपी ग्याँसमुक्त बनाउँ

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले देशलाई डिजेल, पेट्राेल र एलपी ग्याँसमुक्त बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार संसद्‌मा बजेटमाथि भएकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् ।

‘अब यी सबैकाे समाधान भनेकाे यी कुराहरूमुक्त देश हुनुपर्छ अथवा अब देशलाई नै डिजेल, पेट्राेल र एलपी ग्याँसमुक्त बनाउँ । हामीले पेट्राेलमा घटाएर के गर्नु, कुनै न कुनैमा बढाउन परिहाल्छ । त्याे हुँदा याे यहीसँग ठाेकिन्छ । त्याे भएर अब यी सबैकाे समाधान भनेकाे मुक्त देश बनाउने हाे ।’

यसका लागि सरकारले महत्त्वकांक्षी याेजनाअनुरूप अगाडि बढ्नुपर्ने बताएका छन् । उनले अहिले भने कुनै न कुनै हिसाबबाट जनतालाई सुविधा दिनुपर्ने बताएका छन् ।

संसद बैठकमा थापाले पेट्रोलिय पदार्थको खपत कम गर्न सकिएमात्र व्यापार घाटा कम हुने बताएका हुन । पेट्रोलिय पदार्थमा लगाइएको कर अझ घटाउन, भण्डारण क्षमता बढाउन र क्रुड वेल किनेर रिफाइन गर्ने व्यवस्था नेपालमै मिलाउ संसद बैठकमा माग राखेका छन ।

संसद बैठकमा थापाले पेट्रोलियम ऐन ल्याउन पनि माग गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *