समाचार

बालुवाटारमा प्रधानमन्त्री देउवा-काठमाडौंका मेयर बालेन्द्रबीच भेटवार्ता,के भयो कुराकानी ?

काठमाडौं।कामठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन । बुधबार प्रधानमन्त्री निवास बालुवाटर पुगेर मेयर साहले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन ।

शाहलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले भने तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ भन्नुभयो,ु बालेनका सहयोगी कुमार व्यञ्जनकारले बालेनलाई उदृद गर्दै भने ।

काम पर्दा आफूलाई २४ घन्टा सम्झन बालेनलाई प्रधानमन्त्रीले आग्रह गरेको उनले बताए । प्रधानमन्त्री देउवासँग बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए ।
जितको सुनिश्चित भएपछि अन्तिम चुनावी परिणाम नआउदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको तस्बीर सार्वजनिक भएपछि उनको आलोचना सुरु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *