कला/साहित्य

बुसोकुसेकिका कविता

१,
उन्मक्त बैँस
समाल्न नसकिने
लाचार बन्दै
यौनक्रिडामा फस्दा
लाज नै पचाउँदै
हैसियत छर्लङ्ग ।
२,
खेलौना बन्दै
मस्त गरी झुमेको
स्वार्थ लुटेको
क्षणिक रमाइलो
छोट्टिएको समय
एक्लो बन्दै गमेको ।
३,
बैँसमा लठ्ठ
मस्ती गर्दै आनन्द
आहा ! जिन्दगी
खिया परेको सोच
विवेक गुमेपछि
बचाउन सकिन्न ।
४,
गुमेको होश
मूर्ख बनेर घुस्दा
निम्त्यो आपत्ति
एक्लिएको समय
चिन्ताको खातैखात
व्यथा बोकि बाँचेको ।
५,
अल्लारे मन
घमण्ड पोखिँदामा
खुम्चेको आफै
एक्लै बस्दा पछुतो
बिछोडिएको पीडा
प्रिय लाग्ने झझल्को ।
६,
दुखेको मन
सुख पछ्याएर नै
बाँच्न सिकेको
आपत विपतमा
लुकाउँदै हाँसेको
स्वर्गतुल्य जीवन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *