मेरो हिमालमाथि नीलो अकास चुम्छ
मेरै हिमालमुनि नीलै नदी बहन्छ ।१।
सेतो हिउँ बिरङ्गी बादल डुलिरहन्छ
तराई औ पहाड सौगात सोधिरन्छ ।२।
छायाँ छवि खुलेको माया तरङ्ग बुन्छ
इन्द्रेणी रङ्ग पर्दा नौरङ्गमा रङिन्छ ।३।
मझेरी छन् उज्याला गाउँ र ठाउँ प्यारा
नेपाल शान्त सुन्दर निमग्न मुग्ध धार ।४।
मन्दिर माँग्छ भेटी चौतारी मेट्छ प्यास
देउरालीको सुसेली पुर्खा बिरौटो बास ।५।
छाती उदार मेरो सग्लो हियार यै हो
चौडा तराई जाती अग्लो पहाड मेरो ।६।
आँखैभरि उचोमा रातो गुराँस फुल्ने
डाँफे मुनाल कौसी बाटो बुटा टहल्ने ।७।
चौंरी घुमेर चर्ने भेडा चरन चउरमा
जैल्यै उमङ्गमा म कृपा कृपालु घरमा ।८।
पदम दाहाल
मादी न.पा.– ६,सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर




