रिबन

भरतपुर महानगरमा दाहालको अग्रता कायमै, सुवेदी पछ्याउँदै

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

१७ हजार मतगणना हुँदा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले ५ हजार ७१८ मत पाएकी छन् । जुन दोस्रो स्थानमा रहेका नेकपा एमालेका विजय सुवेदीको भन्दा ३० मत बढी हो । सुवेदीले ५ हजार ६८८ मत पाएका छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ७८८ मत प्राप्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *