रिबन

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन, अवतरण गरे दुई जहाज

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज औपचारिक उदघाटन भएकाे छ ।यस क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान साे विमानस्थलमा अवतरण गरेका छन् । यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगम (नेवानी)को पहिलो जहाज आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन् । नेवानिले काठमाडौंबाट कमर्सियल उडान गरेको हो । जजिराको जहाज भने दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आजै भारतका प्रधानमन्त्री नरेन्द्र माेदी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर नेपाल भ्रमणमा आउँदै छन् । उनी भने हेलिकप्टरमा अाउने बताइएकाे छ । केही घन्टा लुम्बीनी बसेर पुनः साेही विमानस्थलबाट उनी भारत फर्कने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *