काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ११ स्थानीय तहको प्रमुखको टुंगो लागिसकेको छ । । नेकपा एमालेले निर्विरोध र निर्वाचित गरी ५ स्थानीय तहको प्रमुख विजय हासिल गरेको छ ।
नेपाली काँग्रेसले ३ स्थानीय तहमा प्रमुख जितेको छ भने नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुखको हात पार्न सफल भएको छ । यसैगरी माओवादी केन्द्रले डोल्पाको एक गाउँपालिकामा जित हासिल गरेको छ । स्थानीय तह निर्वाचनमा अहिलेसम्म एमालेले जितेका पालिका प्रमुखमा मुस्ताङका २, मनाङका २ र डोल्पाका एक छन् । मुस्ताङको लो–घकर दामोदरकुण्ड गाउपालिका र वारागुङ मुक्ति क्षेत्र तथा मनाङका मनाङ डिस्याङ र चामे गाउपालिका रहेका छन् । डोल्पाको शेफोक्सुण्डो गाउँपालिकामा पनि एमालेको नै विजय भएको छ ।
काँग्रेसले मनाङको नार्सो र नार्पाभुमि तथा मुस्ताङको घरपझोङ गाउपालिकामा जित हासिल गरेको छ भने नेकपा एकीकृत समाजवादी डोल्पाको काइके र छार्पा गाउँपालिकामा निर्विरोध विजय हुन सफल भएको छ । यसैगरी माओवादी केन्द्रले एक पालिका जितेको छ । जसमा डोल्पाको जगदुल्लाको अध्यक्ष पदमा विजयी हासिल गरेको छ ।




