विश्व

के पुटिन बिरामी छन् ?

काठमाडौँ । युक्रेनसँग चलिरहेको युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा ठूलो खबर बाहिर आएको छ । मिडिया रिपोर्टहरूले पुटिनले स्वास्थ्यको कारणले छिट्टै आफ्नो पद केहि समयका लागि छोड्न सक्ने दाबि गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका स्रोतहरूलाई उदृत गर्दै पुटिन पेटको क्यान्सर र पार्किन्सन रोगबाट पीडित रहेको दाबी गरेका छन् । ६९ वर्षीय रुसी राष्ट्रपतिको पेटको क्यान्सरको शल्यक्रिया हुने भएको छ ।

यस्तो अवस्थामा उनको स्थानमा उनका विशेष सहयोगी तथा कट्टर गुप्तचर प्रमुख निकोलाई पात्रुशेभले महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने उल्लेख गरिएको छ ।

७० वर्षीय निकोलाई पात्रुशेभलाई युक्रेनविरुद्धको युद्धको रणनीतिमा प्रमुख व्यक्तित्व मानिन्छ । युक्रेनी सरकार नव-नाजीवादले भरिएको र युक्रेनमा रुसविरुद्ध ठूला षड्यन्त्रहरू रचिएको पात्रुशेभले विश्वास दिलाएपछि नै पुटिन युक्रेनमा आक्रमण गर्न तयार भएको दाबी गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार पुटिनले छिट्टै आफ्नो स्वास्थ्य परीक्षणको प्रक्रिया सुरु गर्न लागेका छन् । यसैबीच उनको क्यान्सरका लागि तत्काल शल्यक्रिया गर्नुपर्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । शल्यक्रियापछि फिट नभएसम्म उनले सरकार चलाउन पाउने छैनन् ।

पुटिनले आफ्ना विश्वासपात्र पात्रुशेभसँग यसबारे धेरै घण्टा कुरा गरेको मिडिया रिपोर्टले दाबी गरेको छ । वार्तापछि उनीहरुले अपरेसनका क्रममा पत्रुशेभलाई सत्ता हस्तान्तरण गर्ने निर्णय पनि गरेको बताइएको छ तर अहिलेसम्म यस बारेमा औपचारिक घोषणा भइसकेको छैन ।

रुसी राष्ट्रपति पुटिन लामो समयदेखि क्यान्सर र पार्किन्सन रोगबाट पीडित छन् । अपरेशन नगर्दा यी दुवै रोग निरन्तर बढ्दै गएका छन् । त्यसैगरी उनीहरुले कहिले अपरेशन गर्ने भन्ने टुंगो नलागे पनि मे ९ अघि भने अप्रेसन हुन नसक्ने बताइएको छ । वास्तवमा मे ९ रुसको राष्ट्रिय विजय दिवस हो, जुन दिन रुसले हिटलरको नाजी सेनामाथि विजय हासिल गरेको थियो । यसैबीच अर्कोतर्फ बेलायतका रक्षामन्त्री बेन वालेसले पुटिनले मे ९ तारिखमा युक्रेनविरुद्ध फाइनल युद्ध सुरु गरेको घोषणा गर्नसक्ने चेतावनी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *