रिबन

प्रशिक्षकको विरोधमा फुटबल खेलाडीको विद्रोह

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीको विरोध गर्दै राष्ट्रिय फुटबल छिमका ९ जना सिनियर खेलाडीले विद्रोह गरेका छ्न ।

राष्ट्रिय खेलाडीहरूले प्रशिक्षक अल्मुताइरीको कार्यशैली र व्यवहारप्रति असन्तुष्टि जनाउँदै क्याम्प छाडेका हुन् ।

एन्फा स्रोतका अनुसार खेलाडीहरूले कुनै जानकारी बिनै होटेल छोडेर गएको बताइएको छ । एएफसी एसियन कप २०२३ को छनोटका लागि अहिले नेपाली टिमलाई बन्द प्रशिक्षणमा राखिएको छ। प्रशिक्षणमा २५ खेलाडीलाई बोलाइएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *