रिबन

फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुयल म्याक्रो विजयी

काठमाडौं । फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुयल म्याक्रो विजयी भएका छन् । जितसँगै ४४ वर्षका उनी पछिल्लो २० वर्षमा दोस्रो कार्यकालका लागि चयन हुने पहिलो राष्ट्रपति समेत बनेका छन् ।

राष्ट्रपतिको चुनावमा म्याक्रोले विपक्षी उम्मेदवार मरिन ली पेनलाई हराएका हुन् । उनले ५७ देखि ५८ प्रतिशत मत पाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मत परिणामको आधिकारिक तथ्याङ्क आउनु अगाडि र औपचारिक घोषणा हुनु अगाडि नै उनका प्रतिस्पर्धी नेता ली पेनले हार स्वीकार गरेका खबरमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *