कला/साहित्य

फिर्न सकेन मेरो देश

तिमी नेता भएर सिद्घियौ
कसैलाई फेटा बनाएर सिध्यायौ
नेताजी भयौ विकास उगाल्यौ
बेथा बटुलेर निकास गरायौं
सेता हात्तीको पालेर बगाल
दोहन गरिरहयौं शिरा र स्रोत
बोल्न सकेन बिचरा मेरो देश ।
फेरि रह्यौ आफूले काँचुली
चटकी भाषणले हेराइरहयौ टुलुटुलु
बजाइरह्यौ फुटेको बाँसुरी
सधैँ गुलाफ र गुराँस लेकबेंसी हँुदो
फुलिरहयो उसरी नै
टाक्सिएको र मरन्च्याँसे
आँक्न नसक्ने गरी सुन्निएझैँ फि–यो
तर किन फिर्न सकेन कठैबरा मेरो देश ?
…………………………………………………………..
मादी न.पा.– ६,सङ्खुवासभा
हालःलोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *