सम-सामयिक

काठमाडौँको मेयरमा सिर्जना सिंहसहित ५ जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली काँग्रेसको काठमाडौँ महानगर समितिले मेयरको उम्मेदवारका लागि सिर्जना सिंहसहित ५ जनाको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको छ ।

नगर समितिको बुधबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो ।

शाक्य नगर समितिका सभापति एवं काठमाडौं वडा नम्बर २५ का वडाध्यक्ष हुन् । सिंह पूर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् भने हरिप्रभा खड्गी काठमाडौं महानगरपालिकाका उपप्रमुख हुन् । वैद्य नगर समितिका सचिव हुन् भने रञ्जित नगर समितिको सभापतिमा पराजित भएका थिए ।

सत्तारुढ पाँच दलीय गठबन्धनले गरेको सहमतिअनुसार काठमाडौँको मेयर काँग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा गरेको छ । तर काँग्रेसको नगर समितिले भने उपमेयरका लागि सुशीला ढकाल र प्रा। डा। अमिता प्रधान शाक्यको नाम सिफारिस गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *