काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सोमबार सोलुखुम्बुको सोलु-दुधकुण्ड नगरपालिकामा भएको पार्टी प्रवेश कार्यक्रममा सोलुका नेताहरुलाई एमालेमा प्रवेश गराउँदै ओलीले अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बसिरहेकाे वताएका छन ।
उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिएका छन ।
सोही कार्यक्रममा योहो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पा एमाले पसेका छन । उनी सोलुदुधकुण्ड नगरपालिका केरुङका वासिन्दा हुन । उनलाइ एमाले अध्यक्ष केपी ओलीले खादा र माला लगाएर एमाले प्रवेश गराएका हुन । उनी कांग्रेसबाट नगरपालिकाको मेयर टिकट नपाउने भएपछि एमाले पसेका हुन ।






