१,
इनारभित्र
गुम्सिएको आवाज
भित्रै दबेको !
२,
आँखाको आँसु
वर्षाको भेल जस्तै
छाडेन बग्न !
३,
समुन्द्रजस्तै
गहिरिएको नाता
हामी दुबैको !
४,
सोचेको थिएँ
अभावको पहाड
देख्दै सपना !
५,
सपना साँचे
आफ्नै मान्छे सम्झेर
दु:ख अँगाल्दै !
६,
लोभलालच
बाँचुन्जेलको खेती
पेट नै भोको !




