नछोऊँ गुराँसै फुलै वैलिदिन्छ
रुखैमाथि गुच्छा बुटा फैलिदिन्छ
निमोठे जवानी कहाँ हुन्छ ज्यान?
नछोऊ!नछोऊ ! गरौँधैर्य मान ।१।
परैबाट हेरौँ नचाटौँं मिठास
चिमोटे चिथोरे भयो बिध्ननाश
तिमी बास बस्ने थलो वन्दनाभो
घुमी आस रच्ने हिया सम्झना यो ।२।
वसन्ती नयाँयाम बोकेर आयौं
बनेझैँ छहारी नयाँ रङ्ग छायौं
हिमाली पखेरा मझेरी सिँयाल
सधैँ चैत वैशाख ल्याऊ सिँगार ।३।
नबिर्सूँ फुलेको म लालीगुराँस
शुभेच्छा दिलाऊन् खुसी लाखलाख
म रोपूँ अनेकौँ थरी पुष्प चाँप
भरूँ प्रेममाया र जोडूँ मिलाप ।४।
तिमीहौ कि मेला पहाडी शिखामा?
उचो जीतबाजी जुरी टाकुरामा
छ लालीगुराँसे नयाँ राजधानी
वनै स्वर्गद्वारी रमून् न्जिन्दगानी ।




