रिबन

पोखराको मेयर माग्न आएका कांग्रेसीले तीन दिन देखि देउवालाई भेटन पाएनन

काठमाण्डौं । पोखरा महानगरपालिकाको मेयर गठवन्धनलाइ दिने सुइको पाएपछि काठमाण्डौंका कांग्रेसका प्रतिनिधिले प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवालाइ भेटन पाएका छैनन । उनीहरु वुधवार नै काठमाण्डौं आएपनि शुक्रवारसम्म सभापति भेटन नपाउदा दुखी देखिएका छन

। वुधवार पार्टी कार्यालय सानेपामा पुगेर उनीहरु केही वेर उपसभापति पुर्णवहादुर खडकासंग भेट गरेका थिए । पुर्वमन्त्री यज्ञवहादुर थापा सहितको ६० जनाको टोलीले खडकालाइ पोखराको मेयर हामी छाडन सक्दैनौं भनेर अडान लिएका थिए । तर,यहि कुरा उनीहरुले सभापति देउवालाइ भने भन्न पाएका छैनन ।

वुधवार नै भेटन समय मागेपनि उनीहरुले शुक्रवार विहानसम्म भेटन पाएका छैनन । प्रधानमन्त्री मन्त्रीपरिषदको देखि गठवन्धनसम्मका वैठकमा ब्यस्त रहदा उनीहरुले भेटको समय नपाएका हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *