रिबन

फिलिपिन्समा भीषण आँधी : १२३ जनाकाे मृत्यु

काठमाण्डाै । फिलिपिन्समा आँधीपछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२३ पुगेको छ । मेगी नामक आँधीपछिकाे विनाशका कारण २३६ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये अधिकांश बेबे शहर र आसपासका रहेको जनाइएको छ । बेबे शहर र आसपासका क्षेत्रमा मात्रै ८६ जनाले ज्यान गुमाएका छन् ।

आँधी प्रभावित १ लाख ६२ हजार विस्थापित भएको र अरु ४१ हजार आफन्तको शरणमा रहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै सिएनएले जनाएको छ ।

आइतबार ६५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण फिलिपिन्सको लेटे प्रान्तमा सबैभन्दा नराम्रो विनाश निम्त्याएको बताइएको छ । ७ हजार ६ सयभन्दा धेरै टापुहरु मिलेर बनेको फिलिपिन्समा हरेक वर्ष २० भन्दा धेरै आँधी आउने बताइन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *